काठमाडौं। सेनेगलले विश्वकप फुटबलको दोस्रो खेलमा कतारमाथि सहज जित निकालेको छ।
शुक्रबार भएको खेलमा सेनेगलले कतारालाई ३–१ गोल अन्तरले हराएको हो।
अल थुमाम स्टेडियममा भएको खेलमा सेनेगललाई जित दिलाउन बोउलाय डाइ, फामरा दाईधु, बाम्बा दिङ्गाले एक–एक गोल गरे।
यता कतारका लागि मोहमद मुन्टारीले एक गोल फर्काए । सेनेगलका लागि बोउलाय खेलको ४१ औं मिनेटमा गोल गर्दै सेनेगललाई अग्रता दिलाए। खेलको ४८ औं मिनेटमा फामराले गोल गर्दै टिमको अग्रता दोब्बर पारे।
कतारका लागि मुन्टारीले खेलको ७८ औं मिनेटमा गोल गर्दै टिमलाई २–१ खेलको अवस्थामा ल्याए।
डिङ्गाले ८४औं मिनेटमा गोल गर्दै सेनेगललाई ३–१ गेकलो जित दिलाए । जितसँगै सेनेगलले समूह ए मा दुई खेलबाट ३ अंक जोडेको छ। पराजित कतार भने समूह चरणबाट बाहिरिने खत्रा बडेको छ।
प्रतिक्रिया