Developed By Kuldeep Sharma

मंसिर १२, २०७९

विश्वकपमा आज ४ खेल हुँदै

काठमााडौं। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (सोमवार) चार खेल हुँदैछन्। आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुई/दुई खेलहरु हुनेछन्।

पहिलो खेलमा समूह ’जी’ मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा समूह ’एच ’ को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ।

विश्वकप अन्तर्गत सोमवार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। आजको अन्तिम एवं चौथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ।

समूह ’जी’ मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। कतारका जारी विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma