Developed By Kuldeep Sharma

January 4, 2023

काठमाडौंलाई हराउँदै लुम्बिनी नेपाल टी–२० लिगको क्वालिफायरमा प्रवेश

काठमाडौं। लुम्बिनी अलस्टार्स नेपाल टी–२० लिगको क्वालिफायर्समा पुगेको छ।

टियु क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौं नाईट्सलाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गर्दै लुम्बिनी लिगको क्वालिफायर्समा पुगेको हो।

लुम्बिनी अलस्टार्स ९ खेलमा ८ जित सहित १६ अंकसहित शिर्ष स्थानमा छ। लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५।४ ओभरमा ८१ रनमा अलआउट भयो।

काठमाडौंका लागि वसिर अहमदले सर्वाधिक २२ रन बनाए। उनले ३० बलमा १ चौका सहित २२ रनमा रन आउट भए। कप्तान ज्ञानेन्द्र मल्लले १५ रन जोद्दा कमल सिंह ऐरीले १६ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। काठमाडौंका लागि ह्यारी टेक्टर, ईशान पाण्डे र कुशल भुर्तेलले समान २–२ विकेट लिए। किशोर महतो, विपुल शर्मा, हर्मित सिंहले १–१ विकेट लिए।

त्यसअघि, त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको थियो।

लुम्बिनीका ओपनर हर्मित सिंहले सर्वाधिक ७० र अर्का ओपनर लहिरु मिलन्थाले २६ रन बनाए। गुल्सन झाले ११ बलमा २१ रन बनाउँदै अनिल खरेलबाट बोल्ड भए। कुशल भुर्तेल अभिनाश बोहराको बलमा सुनम गौतमबाट क्याच भए। ह्यारी टेक्टरले ८ बलमा १७ रन बनाए। विपुल शर्मा ५ र अनिल शाह १६ रनमा अविजित रहे।

काठमाडौंका लागि अभिनाश बोहराले सर्वाधिक ३ विकेट लिए। वसिर अहमदले २ र अनिल खरेलले १ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma