Developed By Kuldeep Sharma

January 4, 2023

एपीएफलाई ४-१ गोल अन्तरले हराउँदै संकटा आहा ! रारा गोल्डकपको फाईनलमा

काठमाडौं। संकटा फुटबल क्लब २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ।

पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफ क्लबलाई ४-१ गोल अन्तरले हराउँदै संकटा उपाधि नजिक पुगेको हो।

संकटालाई जित दिलाउन स्टेफन बिनोङ र मेसुके ओलोमोउले दुई दुई गोल गरे। एपीएफका हरि कार्कीले एक गोल फर्काए।

खेलको पाँचौं मिनेटमा स्टेफनले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए। मेसुकेले ४३ औं मिनेटमा गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए।

खेलको ६१ औं मिनेटमा स्टेफनले व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता ३-० को बनाए। ७४ औं मिनेटमा हरिले गोल गर्दै एपीएफलाई ३-१ को स्थितिमा ल्याए।

त्यसपछि खेलको ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ४-१ को जित दिलाए।

अब संकटाले उपाधिका लागि चर्च ब्वाइज युनाईटेड र भुटनीज युथ सकर क्लबबीचको विजेतासँग खेल्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma