Developed By Kuldeep Sharma

January 5, 2023

बार्सिलोनाको संघर्षपूर्ण जित

काठमाडौँ। स्पेनिस कोपा डेल रेअन्तर्गत बुधबार भएको खेलमा बार्सिलोनाले इन्टरसिटीमाथि ४–३ को संघर्षपूर्ण जित हात पारेको छ।

खेलमा सुरुवाती अग्रता लिएको भए पनि इन्टरसिटीका ओरिओल सोल्डेभिला पुएगले ह्याट्रिक गर्दै हरेकपटक खेल बराबरीमा ल्याएका थिए। उनले खेलको ५९, ७४ र ८६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

बार्सिलोनाको लागि खेलको चौथो मिनेटमा नै रोनाल्ड अराउजोले सुरुवाती गोल गरेका थिए भने ६६ औं मिनेटमा औस्माने डेम्बेलेले गोल गरेका थिए।

खेलको ७७ औं मिनेटमा राफिन्हाले गोल गरेका थिए। यससँगै निर्धारित ९० मिनेटको समयमा खेल ३–३ को बराबरीमा सकिएको थियो।

त्यसपछि थपिएको अतिरिक्त समयम अन्सु फातीले निर्णायक गोल गर्दै बार्सिलोना कोपा डेल रेको अन्तिम १६ अर्थात् चौथो चरणमा प्रवेश गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma