काठमाडौं । राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत महिलातर्फको खेलमा सशस्त्र प्रहरी क्लब एपीएफले दोस्रो जित निकालेको छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको खेलमा एभरेष्ट भलिबल क्लबलाई ३-१ को सेटमा हराउँदै एपीएफले दोस्रो जित निकालेको हो।
एपीएफले एभरेष्टमाथि २५-१३, २५-१०, १९-२५ र २५-१९ को सेटमा जित निकालेको हो। महिला तर्फकै दोस्रो खेलमा नेपाल पुलिस क्लबले न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सेटमा हराउँदै तेस्रो जित निकालेको छ।
पुलिसले न्यु डायमण्डमाथि २५-११, २५-१७ र २५-१५ को सेटमा जित निकालेको हो। पुरुषतर्फ पहिलो खेलमा गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ। पुरुषतर्फको दोस्रो खेलमा हेल्प नेपाल र नेपाल पुलिस क्लब भिड्दैछन्।
अपरान्ह ४ बजे सुरु हुने पुरुषको तेस्रो खेलमा एपीएफ क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ। प्रतियोगिताका विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथो हुनेले ७५ हजार प्राप्त गर्ने छन्।
यस्तै, सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५/३५ हजार पाउने छन् भने उत्कृष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार प्राप्त गर्नेछन्
प्रतिक्रिया