Developed By Kuldeep Sharma

March 16, 2023

युएईविरुद्ध राजबंशीले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज जारी युएई र नेपालवीचको खेलमा नेपालले युएईविरुद्ध पहिलो सफलता हात पारेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको युएईले पहिलो विकेट गुमाएको हो। खेलको तेस्रो ओभरमा ललित राजबंशीले नेपाललाई पहिलो सफलता दिलाएका हुन्।

स्पिनर ललित राजवंशीले आफ्नो दोस्रो ओभरमा यूएईका आपनर आर्यन लाक्रालाई बोल्ड गरे। आउट हुनुअघि लाक्राले ८ बलमा एक चौकासहित ६ रन बनाएका थिए।

अहिले अर्का ओपनर मुहम्मद वसिमले आक्रामक ब्याटिङ गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma