Developed By Kuldeep Sharma

May 2, 2023

यूएईमाथि नेपालको शानदार जीत, नेपाल एसिया कपमा छनोट

काठमाडौं। एसीसी प्रिमियर लिगको फाइनलमा यूएईमाथि नेपालले शानदार जीत निकालेको छ।

यूएईलाई नेपालले ७ विकेटले हराउँदै दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो।

यूएईले ३३.१ ओभरमा अलआउट हुदै ११७ रन जोडेको थियो। यूएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको छ। आजको खेलमा नेपालका लागि गुल्शन झा र भिम सार्कीले उत्कृष्ट साझेदारी गरेका थिए।

लिगको फाइनल खेलमा नेपालको आक्रामक प्रदर्शन देखिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma