Developed By Kuldeep Sharma

May 15, 2023

ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदै

काठमाडौं। शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदै छन्। दिउसो ३ बजेदेखि हुने खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटो र त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ।

एफसी खुमलटार र मछिन्द्र क्लबबीचको खेल एन्फा कम्प्लेक्समा हुने छ भने संकटा क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल दशरथ रंगशालामा हुनेछ।
१७ खेलमा १७ अंक सहित खुमलटार लिगको अन्तिममा छ भने १७ खेलमा २७ अंकका साथ मछिन्द्र तेस्रो स्थानमा रहेको छ।

त्यस्तै संकटा क्लब १७ खेलमा २० अंक जोड्दै १२औं स्थानमा छ भने हिमालयन शेर्पा १७ खेलमा २१ अंक जोड्दै १०औं स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma