काठमाडौं । दोस्रो एक दिवसीय खेलमा नेपालले जिम्बाबाे ‘ए’ विरुद्ध टस जितेको छ। कीर्तिपुर मैदानमा टस जितेर नेपालले पहिला फिल्डिङ रोजेपछि जिम्बाब्वे ‘ए’ टोलीले ब्याटिङ गर्दैछ।
नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ। स्पिनर सुशान भारी र आदिल अन्सारीलाई बेन्चमा राखिएको छ भने सुनिल धमला र विनोद भण्डारीलाई आजको खेलमा मौका दिइएको छ। हिजो भएको पहिलो एक दिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।
जिम्बाब्वेले आज पनि जितेमा तीन एक दिवसीयको श्रृङ्खला जित्नेछ । यसअघि भएको तीन टी–२० अभ्यास खेल एकरएक को बराबरीमा सकिएको थियो । दोस्रो टी–२० वर्षाका कारण प्रभावित भएको थियो ।
आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तयारीमा नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय र तीन टी–२० श्रृङ्खला खेलेको हो ।
प्रतिक्रिया