Developed By Kuldeep Sharma

May 8, 2022

आईपीएलमा कोलकातामाथि लखनऊको शानदार जित

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्सले लज्जास्पद हार ब्यहोरेको छ। शनिबार राति महाराष्ट्र क्रिकेट एसोसिएसनमा कोलकाताले लखनऊ सुपर जायन्टसँग लज्जास्पद हार ब्यहोरेको हो। कोलकातालाई ७५ रनको फराकिलो अन्तरले पराजित गरेको लखनऊ अंकतालिकाको शीर्ष स्थानमा उक्लिनसमेत सफल भएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङ गरेको कोलकाता १४.३ ओभरमा अलआउट हुँदै १०१ रनमा समेटियो। कोलकाताका लागि आन्द्रे रसेलले १९ बलमा ४५ रन बनाए। सुनिल नारायणले २२ र आरोन फिन्चले १४ रन जोडे।

लखनऊका आभेस खान र जसन होल्डरले ३/३ विकेट लिए। यसअघि पहले ब्याटिङ गरेर १७६ रनको योगफल तयार पार्ने क्रममा लखनऊका क्विन्टन डी ककले सर्वाधिक ५० रन बनाए। दिपक हुड्डाले ४१ तथा मार्कस स्टोईनिसले २८ रन जोडे।

कोलकाताका आन्द्रे रसेलले २, सुनिल नारायण र टिम साउथीले दुई अंक बाँडनका छन। जितसँगै ११ खेलमा ८ सफलतासहित लखनऊ १६ अंकाका साथ शीर्ष स्थानमा उक्लिएको छ। पराजित कोलकाता ११ खेलमा ४ जितसहित ८ अंक जोडेर पुछारतिर तेस्रो स्थानमा छ । आईपीएलमा आज डीवाई पाटिल स्पोर्टर्स एकेडेमीमा चेन्नई र दिल्ली भिड्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma