Developed By Kuldeep Sharma

September 1, 2023

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का प्यानलसहित निर्वाचित

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्। प्रतिद्धन्द्धी उमेश पियालाई पछि पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन् ।

आज भएको चुनावमा पारसले २३ मत प्राप्त गरे भने पियाले १४ मत प्राप्त गरेका हुन्।

१३ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरुमा अजयवीर पाण्डे, सन्जोग पोखरेल, सुजन महर्जन, अनिल अधिकारी, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, अनुजमान श्रेष्ठ र बसन्तराज सत्याल ‘अरुण’ निर्वाचित भएका छन् भने नीरा राजोपाध्याय निर्विरोध निर्वाचित भएकी हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma