काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले लगातार तेस्रो सफलता हात पारेको छ।
नेपाल र भुटानबीच भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो। ४० रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा लक्ष्य पुरा गर्दै जित निकालेको हो।
टस जितेर पहिलो बलिङ गरेको नेपालका लागि पूजा महतोले ३ विकेट लिएकी थिइन् । यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले समान १-१ विकेट लिएका हुन्।
नेपालले सोमबार चौथो खेलमा कतारसँग खेल्दैछ भने समूह चरणको अन्तिम खेलमा मंगलबार नेपाल र युएईबीच प्रतिष्पर्धा हुनेछ। ११ राष्ट्रको सहभागीता रहेको प्रतियोगितामा २१ गते सेमिफाइनल र २२ गते प्रतियोगिताको फाइनल खेल तालिका रहेको छ। सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ।
प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् भने समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्।
प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-२० क्वालिफायर खेल्न पाउनेछन् ।
प्रतिक्रिया