Developed By Kuldeep Sharma

September 4, 2023

एसिया कप क्रिकेट : आज नेपालले सुपर-४ मा पुग्नका लागि भारतको सामना गर्ने

काठमाडौं। एसिया कप क्रिकेटको खेलमा आज नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ।

एसिया कपमा भारतले १५औ पटक सहभागिता जनाइसकेको छ भने नेपालको यो पहिलो सहभागिता हो। आज हुने समूह ‘ए’ को अन्तिम खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको क्याण्डीमा हुनेछ।

समूह ए बाट पाकिस्तानले ३ अंक जोड्दै सुपर फोरमा पुगिसकेको छ भने पाकिस्तानसँग पराजित भएको नेपाल अंक विहीन रहेको छ। । भारतले १ अंक जोडेको छ।

शनिवार भारत र पाकिस्तानबीच भएको खेल वर्षाका कारण रद्द भएपछि अंक बाडेका कारण आज भारतलाई नेपालविरुद्धको खेल जित्नै दबाब बढेको छ भने अंकविहिन रहेको नेपाललाई आजको खेलमा जित निकाल्नु निकै महत्वपूर्ण छ।

यस खेलबाट नेपाल र भारतमध्ये कुनै एक टोली ‘सुपर फोर’ चरणमा पुग्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma