काठमाडौं। श्रीलंकामा जारी एसिया कप क्रिकेटमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
नेपाल र भारतबीच भैरहेको खेलमा २१.२ ओभरको समाप्तीमा नेपालले १०० रन जोडेको छ। नेपालले ३ विकेटको क्षतीमा १०० रन जोडेको हो।
नेपालले पहिलो विकेटमा कुशल भुर्तेललाई ३८ र दोस्रोमा भीम सार्कीलाई ७ रनमा गुमाएको छ। नेपालका कप्तान रोहित पौडेलले जम्मा ५ रन बनाएर आउट भएका छन्।
यस खेलबाट नेपाल र भारतमध्ये कुनै एक टोली ‘सुपर फोर’ चरणमा पुग्नेछ।
प्रतिक्रिया