काठमाडौं। एसिया कप क्रिकेटमा नेपालका ओपनर आसिफ शेखले भारतविरुद्ध अर्धशतक पूरा गरेका छन्।
आसिफले ८८ बल खर्चिदै अर्धशतक बनाएका हुन्। उनले आज भारतविरुद्ध ७ चौका समेत प्रहार गरेका छन्। यस संगै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको १० औं अर्धशतक हो।
नेपालका लागि एक दिवसीय क्रिकेटमा आसिफ सर्वाधिक अर्धशतक बनाउने खेलाडी हुन् भने दोस्रोमा कप्तान रोहित पौडेल रहेका छन्। रोहितले एक शतक र आठ अर्ध शतक बनाएका छन्।
प्रतिक्रिया