Developed By Kuldeep Sharma

September 4, 2023

नेपालले गर्‍यो शानदार ब्याटिङ, भारतलाई दियो २३१ रनको लक्ष्य

काठमाडौं। एसीसी एसिया कप क्रिकेटको आज जारी खेलमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको हो।
श्रीलंकाको पाल्लेकेले रंगशालामा भइरहेको खेलमा नेपालका लागि आसिफ शेखले अर्धशतक पुरा गर्दै ५८ रन जोडेका हुन्। ९७ बल खर्चिदै उने ८ चौका प्रहार गरेका थिए। योसँगै आसिफ नेपालका लागि भारतकाविरुद्धमा अर्धशतक पूरा गर्ने पहिलो खेलाडी भएका छन्।

यस्तै नेपालका लागि सोमपाल कामीले ४८ रन बनाए। सोमपालले ५६ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरेका छन्। नेपालका लागि ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ३८ रन जोडेका छन् भने दिपेन्द्र सिंह ऐरी र गुलशन झाले २९, भिम सार्कीले ७, कप्तान रोहितकुमार पौडेलले ५ र कुशल मल्लले दुई रन बनाएका छन्।

भारत र पाकिस्तानबीच भएको खेल वर्षाका कारण रद्द भएपछि अंक बाडेका कारण आज भारतलाई नेपालविरुद्धको खेल जित्नै पर्ने दबाब बढेको छ भने अंकविहिन रहेको नेपाललाई आजको खेलमा जित निकाल्नु निकै महत्वपूर्ण छ।

यस खेलबाट नेपाल र भारतमध्ये कुनै एक टोली ‘सुपर फोर’ चरणमा पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma