Developed By Kuldeep Sharma

September 4, 2023

एसिया कप : नयाँ लक्ष्य पछ्याएको भारतसंग नेपाल १० विकेटले पराजित

काठमाडौं । एसिया कप क्रिकेटको आज भएको खेलमा भारतसँग नेपाल पराजित भएको छ। भारतले २०.१ ओभर मा १४५ रनको लक्ष्य पुरा गर्दै १० विकेटले पराजित गरेको हो।

आजको खेलमा पराजित भएसंगै नेपाल एसियन कपबाट बाहिरिएको छ। नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएपनि वर्षाले खेल अवरुद्ध भएपछि ओभर घटाएर खेलिएको थियो। घटाइएको २३ ओभरमा भारतले १४५ रनको नयाँ लक्ष्य पछ्याएको हो।

भारतको जितका लागि भारतीय कप्तान रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन जोडेका छन्।

एसिया कपमा भारतले १५औ पटक सहभागिता जनाइसकेको छ भने नेपालको यो पहिलो सहभागिता हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma