Developed By Kuldeep Sharma

April 13, 2022

दीपेन्द्र विश्व वरियताको शीर्ष १० भित्र

काठमाडौं । दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी–२० अलराउन्डरको वरीयतामा शीर्ष १० मा पर्न सफल भएका छन्। उनि गत साता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा ‘म्यान अफ दी सिरिज’ घोषित भएका थिए।

उनले शृंखलाको पाँच इनिङ्समा एक शतक र दुई अर्धशतकसहित २५५ रन बनाएका थिए। उनी शृंखलामा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन्।

दीपेन्द्रले फाइनलमा पीएनजीविरुद्ध अविजित ५४ रन बनाउनुका साथै चार ओभरमा १८ रन दिएर चार विकेट लिएका थिए ।शृंखलामा दीपेन्द्रले १४.२ ओभरमा एक मेडनसहित ९९ रन दिएर सात विकेट लिए। धेरै विकेट लिनेमा दीपेन्द्र चौँथो स्थानमा रहे । नेपालकै करण केसीले सबैभन्दा धेरै १३ विकेट लिए भने सन्दीपले ११ विकेट लिए।

अलराउन्डरतर्फ अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा छन् । बंगलादेशका शाकीब अल हसन दोस्रो र इङ्ल्यान्डका मोइन अली तेस्रो स्थानमा छन्। नामिबियाका जेजे स्मिथ चौँथो स्थानमा छन्।

दीपेन्द्र ब्याटिङतर्फ भने ३८औँ स्थानमा छन्। ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ३६ र आसिफ शेख ९९औँ स्थानमा छन् । बलिङतर्फ नेपालका सन्दीप लामिछाने ३८औँ स्थानमा छन्। त्यस्तै अभिनाष बोहरा ८६औँ स्थानमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma