Developed By Kuldeep Sharma

May 8, 2022

प्रशिक्षक र खेलाडीबीचको विवादबारे छानबिन गर्न कमिटि गठन

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र खेलाडीबीचको विवादबारे सत्यतथ्य पहिचान गर्न कमिटि गठन गरेको छ।

आइतबार बसेको एन्फाको कार्यसमिति बैठकले अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीच भएको विवादमा सत्यतथ्य पहिचान गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।
एन्फाले नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेको हो। जसमा पूर्व खेलाडी बिदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा रहेका छन्।

मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैली र व्यवहारमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते १० जना खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए। अलमुताईरी र खेलाडीबीचको विवादपछि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्षद्वय विरबहादुर खड्का, कृष्ण थापा र सदस्य दावा लामाले कार्यसमित बैठक माग गरेका थिए।

उक्त कमिटीले ७ दिन भित्र छानबिन गरेर एन्फालाई प्रतिवेदन पेश गर्ने बताइएको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma