चितवन । अन्तर प्रदेश राष्ट्रिय खेल्कुद २०८० पुरुष फुट्बल प्रतियोगितामा सुरु भएको छ । प्रतियोगितामा कोशी प्रदेश र गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।
हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा भएको उद्घाटन खेलमा कोशी प्रदेशले मधेस प्रदेशलाई २-० गोल अन्तरले पराजित गरेको हो।खेलमा कोशी प्रदेशका ओझा म्यान र बसन्त ओझाले १-१ गोल गरेका हुन । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै कोशी प्रदेशका ओझा म्यानलाई म्यानअफ द म्याच घोषित भएका छन् ।
यस्तै आज भएको दोस्रो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशमा पराजित गर्दै विजय सुरुवात गरेको छ।
गण्डकी र सुदूरपश्चिम बीचको निर्धारित समय दुईदुई गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटरमा गएको थियो। पेनाल्टी सुटपमा ३-१ गोलको सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको हो ।खेलमा उत्कृष्ट प्रर्दशन गर्दै गण्डकी प्रदेशका गोलकिपर सन्दीप कँडेललाई म्यानअफ द म्याच घोषित भएका छन् ।
बागमती प्रदेश खेलकुद विकास समितिको आयोजना एवं बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको व्यवस्थापनमा यो प्रतियोगिता भएको हो।
प्रतिक्रिया