Developed By Kuldeep Sharma

May 9, 2022

प्रिमियर लिगः म्यानचेस्टर सिटीको जित

काठमाडाैं। इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले न्युकास्टल युनाइटेडमथि ५–० फराकिलो जित हात पारेको छ।

आइतबार भएको खेलमा सिटीलाई महत्वपूर्ण तीन अंक दिलाउने क्रममा रही स्टर्लिङले २ तथा एइमेरिक लापोर्टे, रोड्रि र फिल फोडेनले १/१ गोल गरे।

यससँगै म्यानचेस्टर सिटी स्पष्ट ३ अंकको अग्रतासहित लिगको शीर्षस्थानमा उक्लिएको छ। सिटीले ३५ खेलबाट ८६ अंक जोडेको छ।

दोस्रो स्थानमा रहेको लिभरपुलले समान खेलबाट ८३ अंक जोडेको छ। लिभरपुल शनिबार राति भएको खेलमा टोटनह्यामसँग बराबरीमा रोकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma