काठमाडौं। एसीसी प्रिमियर कप टी–२० खेलमा सन्दीप जोराले अर्धसतक पुरा गरेर आउट भएका छन्।
ओमानमा जारी खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको सेमिफाइनल खेलमा जोराले अर्धसतक पुरा गरेका हुन्।
१४.३ ओभरमा खेलिरहेका जोराले ३९ बलमा ४ चौका र २ छक्काको मद्दतमा अर्धसतक पुरा गरे। अर्धसतक पछाडी १४.४ ओभरमा जोरा क्याचआउट भएका हुन्।
प्रतिक्रिया