काठमाडौं । कैलालीमा आगामी बैशाख अन्तिमा सातादेखि हुने जिल्ला लिग फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । शनिबार कैलाली जिल्ला फुटबल संघले घोडाघोडीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्व कप्तान हरि खड्काद्धारा प्रतियोगिताको ट्रफि सार्वजनिक गरेका हो ।
कैलाली जिल्ला फुटबल संघको आयोजना र घोडाघोडी क्लबको सहज आयोजनामा हुने प्रतियोगिता बैशाख २८ गते देखी ज्येष्ठ १२ गते सम्म हुने कैलाली जिल्ला फुटबल संघका महासचिव ललित मिश्रले जानकारी दिए ।
प्रतियोगिताको विषयमा बोली महासचिव विश्रले भने, ‘हामीले घोडाघोडीमा प्रतियोगिता सञ्चालनको तयारी गरिरहेका छौँ । यसमा अखिल नेपाल फुटबल संघ (एन्फा)को दिर्घकालिन फुटबल खेलको विकासको लागि ठूलो योगदान हुनेछ ।’
प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरि २० टिमको सहभागी रहने महासचिव मिश्रले जानकारी दिए ।
प्रतियोगितामा लिगको विजेता क्लवले ७५ हजार र दोस्रो हुने क्लवले ३७ हजार ५ सय पुरस्कार पाउने छ। त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छ ।
ट्रफि सार्वजनिक कार्यक्रममा घोडाघोडी नगरपालिकाका मेयर खडक रावत, प्रवक्ता घनश्याम ओझा र स्थानीय आयोजक घोडाघोडी क्लबका होम तामाङ सहभागि थिए ।
ट्रफि सार्वजनिक कार्यक्रममा बोल्दै कैलाली जिल्ला फुटबल संघमा अध्यक्ष अनिल मल्लले घोडाघोडीमा हुने जिल्ला लिग हालसम्मकै उत्कृष्ट हुने बताए ।
त्यस्तै घोडाघोडी नगरपालिका प्रमुख खडक रावतले खेलकुदका गतिविधि बढाउन नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । पूर्व कप्तान खड्काले मोफसलमा फुटबलप्रतिको आकर्षण लोभलाग्दो भएको बताए ।
प्रतिक्रिया