Developed By Kuldeep Sharma

May 9, 2022

नेपालले जित्यो जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय सिरिजको उपाधि

काठमाडौं। तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ।

योसँगै नेपाल एकदिवसीय सिरिजको विजेता बनेको छ। तीन खेलेको सिरिजमा पहिलो खेलमा जिम्बावे ‘ए’ ३ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले नौ विकेटको जित हात पारेको थियो ।

आज जिम्बावे ‘ए’ ले दिएको २१४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि कुशल भुर्तेलले ८४, दिपेन्द्रसिंह ऐरीले ६०, विनोद भण्डारीले २८ र आशिफ शेखले २९ रन बनाए।

यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जिम्बावे ‘ए’ ले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनायो। तादिवान्से मारुमानीले सर्वाधिक ५० रन, कुद्जाई माउन्जेले ३९, रोय काया ३६, टोनी मुन्योङगाले २४, लुक जोंग्वेले १९ रन बनाए ।

डेब्यु खेलमा नेपालका किशोर महतोले ५, सोमपाल कामीले २ र दिपेन्द्रसिंह ऐरी र करण केसीले १–१ विकेट लिए।

आजको खेलको म्यान अफ दी म्याच किशोर महतो बन्दा म्यान अफ दी सिरिज करण केसी भए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण पानी जमेपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर ३३ ओभरमा झारिएको थियो।

त्यसअघि तीन टि ट्वान्टी सिरिज पनि भएको थियो । सो खेल एक–एकको बराबरीमा सकिएको थियो भने एक खेल वर्षाका कारण रोकिएको थियो ।

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma