काठमाडौं । १३ औं सागमा स्वर्णपदक जितेकी भारोत्तनकी खेलाडी सञ्चु चौधरी मृत अवस्थामा फेला परेकी छन्।
केही दिनदेखि उनी ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी थिइन्। बाँके राप्ती सोनारी गाउँपालिका घर भएकी चौधरीले आज बिहान साँढे पाँच बजे मृत फेला परेकी महालक्ष्मी प्रहरी चौकीका वरीष्ठ प्रहरी निरीक्षक सन्तोष बरालले जानकारी दिए।
उनी सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको पाइएको उनले बताए। घटनाको अवस्था हेर्दा आत्महत्या जस्तो देखिने उनले बताए। चौधरी दुई वर्षअघि नेपालमै भएको १३ औं सागमा भारोत्तोलनतर्फ स्वर्ण विजेता थिइन्। सागमा भारोत्तनलमा स्वर्ण पदक जित्ने उनी पहिलो महिला नेपाली खेलाडी हुन्।
उनी केही दिनअघि भएको एशियाली छनोटमा भाग लिन राजधानी आएकी थिइन्।
प्रतिक्रिया