Developed By Kuldeep Sharma

May 11, 2022

बार्सिलोनाको जितमा औबामेयाङको दुई गोल

काठमाडौँ। स्पेनिस ला लिगाअन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनाले सेल्टिक भिगोमाथि ३–१ गोल अन्तरको जित हात पारेको छ।

मंगलबारको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा बार्सिलोनाका मेम्फिस डिपेले १ तथा पियरे एमरिक औबामेयाङले दुई गोल गरे।

मंगलबारको खेलमा बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजो गम्भीर घाइते भएपछि उनलाई असपताल लगिएको थियो। बार्सिलोनाका प्रशिक्षक जाभीले अहिले उनको अवस्था जोखिममुक्त रहेको बताएका छन्।

जारी लिगमा उपाधिको दौडबाट बाहिरिसकेको बार्सिलोनाले ३६ खेलबाट ७२ अंक जोडेको छ भने लिगको उपाधि पक्का गरिसकेको रियल मड्रिडले ३५ खेलबाट ८१ अंक जोडेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma