Developed By Kuldeep Sharma

May 11, 2022

रोनाल्डोको दुर्लभ खराब रेकर्ड

काठमाडौं। इंङ्लिस फुटबल क्लब म्यान्चेष्टर युनाइटेड तथा पोर्चगिज राष्ट्रिय फुटबल टोलिका सुपरस्टार क्रिष्टियानो रोनाल्डो यूरोपियन च्याम्पियनसिप लिगमा सर्वाधिक सफल खेलाडी हुन्।

आजसम्म सबैभन्दा यूरोपियन च्याम्पियनसिप लिगको विजेता हुने, धेरै गोल गर्ने र सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी पनि उनै हुन्। रोनाल्डोले यस्ता दर्जनौँ दुर्लभ रेकर्ड राखेका छन्,जसलाई तोड्न साह्रै कठिन छ। तर यो सिजन रोनाल्डोको नाममा सबैभन्दा दुर्लभ खराब रेकर्डको बनेको छ।

इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड र पार्चुगिज राष्ट्रिय फुटबल टोलिका सुपरस्टार क्रिष्टियानो रोनाल्डो आफ्नो जादुमयी खेल र ट्रफी तथा जितका हिसाबले सबैभन्दा सफल खेलाडी मानिन्छन्। उनले आफ्नो खेल जीवनमा अत्यन्तै धेरै सफल दुर्लभ रेकर्डहरू बनाएका छन्।

रोनाल्डो पहिलो पटक सिजिन २००३-००४ मा पोर्चुगिज फुटबल क्लब स्पोर्टिङबाट इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड आएर आफ्नो कलिलो उमेरमा नै फुटबल जीवनमा परिचित भएका हुन्। उनी त्यसएता २००९-२०१० सिजनमा स्पेनिस क्लब रियल मड्रिड गए। करिअरको शानदार समय उनले रियलमा बिताए। रियलमा रहँदा उनले २२९ खेल खेले। १० वर्ष रियलमा बिताएका उनले त्यहाँ ३११ गोल गर्न सफल भए। रियलबाट ९ ओटा उपाधि जित्न सफल उनले ३४ ओटा त ह्याट्रिक नै गर्न सफल भएका थिए।

त्यसपछि २०१८-२०१९ को सिजनमा इटालियन क्लब युभेन्टस पुगेका थिए। यहाँ उनको बसाइ खासै सुखद् रहेन। तीन सिजन युभेन्टसमा बिताएका उनले त्यहाँ उनले मुख्य उपाधि लिग मात्र जिते। सन् २०२१ देखि उनी अहिले पुरानै घर म्यानचेस्टर युनाइटेड फर्किएका छन्। फर्किएपछि पहिलो लेग सकिनै लाग्दा उनको क्लबको अवस्था दयनीय छ। इंग्लिस प्रिमियर लिगको उपाधि सबैभन्दा बढी जित्ने म्यानेस्टर युनाइटेड अहिले छैटौं स्थानमा छ। अब उसले मात्र १ खेल खेल्न बाँकी छ। अर्थात् अर्को पटक युरोपियन च्याम्पियन्स लिग खेल्न उसले पाउने छैन। ऊ शीर्ष चारबाट बााहिरिसकेको छ।

यस्तोमा उनको प्रदर्शन पनि खुम्चिएको छ। भलै १८ गोलसहित उनी लिगमा शीर्ष गोलकर्ताको तेस्रो स्थानमा छन्। युनाइटेडले ३७ खेलबाट १६ मा जित निकालेको छ भने ११ वटामा हार बेहोरिसकेको छ। त्यस्तै क्लबले ५७ गोल गर्दा ५६ गोल खाइसकेको छ।

उनी पहिलो पटक म्यान्चेस्टर युनाइटेड आयएता खेलिरहेको क्लब युरोपियन च्याम्पियनसिप लिगमा छनोट नभएको कुनै पनि सिजन थिएन। जुन कुरा रोनाल्डोको फुटबल जीवनमा सबैभन्दा दुर्लभ खराब रेकर्ड हो। युरोपका सबै घरेलु लिगहरू करिब करिब सकिने अवस्थामा छन्। रोपियन च्याम्पियनसिप लिगमा छनोट हुने टोलीको को भनेर पनि लगभग पक्का भइसक्यो।

यस वर्षका सिजनका खेलहरू सकिनै लाग्दा रोनाल्डोको प्रदर्शनबारे विभिन्न समाचारहरू बाहिर आउन थालेका छन्। कतिपय खेल विश्लेषकहरूले अब रोनाल्डो खेल जीवनको उत्तरार्द्धको समयमा आएकाले यस्तो हुनु स्वाभाविक भएको बताएका छन्। रोनाल्डो पनि यदि यो सिजनको अन्त्यसँगै नयाँ क्लबमा गएनन् भने त्यो लिगको सबैभन्दा सफल खेलाडी अर्काे सिजन खेल्दै गरेको देखिने छैनन्।

जुन खेल प्रेमीहरूका लागि अन्यन्तै दुःखको हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma