Developed By Kuldeep Sharma

May 11, 2022

डेब्यु खेलमै ह्याट्रीक हानेका ‘गोल मेसिन’ हल्यान्ड सिटीमा अनुबन्ध

काठमाडौं। इंग्लिस फुटबल क्लब म्यान्चेस्टर सिटीले नर्वेजीयन सुपरस्टार अर्लिङ हाल्यान्ड लाई नयाँ सिजनका लागि अनुबन्ध गरेको छ।

गएको राती सिटीले औपाचारिक रुपमै हल्यान्ड लाई अनुबन्ध गरेको सार्वजानीक गरेको छ। हल्याण्ड सिजन २०१९–२० मा अष्ट्रियन क्लब रेडबुल साल्र्जवर्ग बाट २० मिलियन युरोमा जर्मन क्लब बोरुसिया डर्टमुन्डमा अनुबन्ध भएका थिए। उनले डर्टमुन्डमा डेब्यु खेलमा नै सनसनीपूर्ण ह्याट्रीक गरेर तहल्का मच्चाएका थिए।

उनले रेड बुलमा हँदा नै च्याम्पियन्स लीगमा ह्याट्रीक गरीसकेका थिए, त्यसपछि उनलाई गोल मेसिनका नामले चिन्न थालिसकिएको थियो। उनले जर्मन क्लब डर्टमुन्डमा तीन सिजन बिताए, जसमा उनले ८८ खेल खेल्दै ८५ गोल गरेका छन्। डर्टमुन्ड बाट उनले ३ सिजन बस्दा एउटा जर्मन कप पनि जीतेका छन्।

उनले २०१९–२० को च्याम्पियन्स लीगको पहिलो सेमिफाइनल खेलमा फ्रेन्च क्लब पिसजीका बिरुद्ध २ गोल गरेर चकित पारिदिएका थिए। उनलाई पछिल्लो समय युरोपका ठूला टोलिले आफ्नो टोलिमा ल्याउन चाहेका थिए। त्यसमा स्पेनिस क्लब रियल मेड्रीड, बार्सिलोना, इंग्लिस क्लब म्यान्चेस्टर सिटी आदिले ल्याउन कोशिस गरेका थिए।

अन्ततः गएको राति सिटीले बाजी मारेको छ। २१ बर्षका सुपरस्टार हल्याण्डको बजार भाउ १५० मिलियन युरो भएता पनि सिटीले ६० मिलियन युरोमा नै अनुबन्ध गर्न सफफ भएको छ। कोराना महामारीको कारणले गर्दा अधिकांश क्लबहरु आर्थिक संटमा परेका हुनाले पनि सिटीले सस्तोमा गोल मेसीनलाई भित्र्याउन सफल भएको हो।

गएको साता सिटी च्याम्पियन्स लीगको सेमीफइनलमा रियल मेड्रिड संग लज्जाजनक हारेको थियो। हारको पिडालाई अर्को पटक को लीगको तयारीका लागि पनि युवा स्टार लाई भित्र्याएको हो। उनलाई कति नम्बर जर्सी दिने भन्ने कुरा क्लबले अहिले सम्म खुलाइ सकेको छैन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma