काठमाडौं। इन्डियन प्रिमियर लीग (आइपिएल) अन्तर्गत हिजो राति भएको खेलमा कोलकत्ता नाइट राइडरर्स ले सनराइज हैदरबाद लाई ५४ रनको अन्तर ले जीत्न सफल भएको छ। टस जीतेर पहिला ब्याटिङ् रोजेको कोलकत्ताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १७७ रन बनाएको थियो।
कोलकत्ताका लागि सबैभन्दा बढी आन्द्रेरसलले २८ बल खेल्दै ४९ रन बनाएका थिए भने त्यसपछि साम विलङ्सिले २९ बल खेल्दै ३४ रन बनाए। त्यसैगरी कोलकत्ताको तर्फबाट आन्द्रेरसलले नै ४ ओभर बलिङ् गर्दै २२ रन गुमाएर ३ विकेट लिन सफल भए। टिम साउथेई ले ४ ओभर ने बलिङ् गरेर २३ रन गुमाउदै २ विकेट लिएका थिए।
१७८ रनको लक्ष्य पाएको सनराइज हैदराबाद ले जवाफी ब्याटिङ् मा ८ विकेट गुमाउदै १२३ रनमा नै सिमित हुन परेको थियो। हैदराबादका तर्फबाट सर्वाधिक अभिषेक शर्माले २८ बल खेल्दै ४३ रन बनाएका थिए भने एैडेन माक्र्रम ले २५ बल खेल्दै ३२ रन बनाएका थिए। उक्त खेलमा कोलकत्ताका आन्द्रेरसलले म्यान अफ द म्याच भएका थिए। यो जीत संगै कोलकत्ता नाटइ राइडर्स छैटौँ स्थानमा चढेको छ।
प्रतिक्रिया