Developed By Kuldeep Sharma

May 18, 2022

फुटवल विवाद : छानबिन समितिले प्रतिवेदन बुझायो, तत्काल सार्वजनिक नहुने

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीसँगको विवादबारे छानबिन गर्न गठित समितिले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाएको छ।

अल्मुताइरीसँगको विवादपछि बन्द प्रशिक्षणबाट १० जना खेलाडी निस्किएको घटनाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाए पनि एन्फाले प्रतिवेदन तत्काल सार्वजनिक नगर्ने भएको छ। छानबिन समिति संयोजक भिक्टरजङ राणाले एन्फा महासचिव तुलाधरलाई प्रतिवेदन बुझाउँदै आफूहरुले देखेको र पाएको कुराहरुलाई प्रतिवेदनमा समेटेर सुझाव दिएको बताए।

‘हामीले एक साताभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भनेर लेखेका छौं’, उनले भने। तर प्रतिवेदनमा के सुझाव छ भन्नेबारे उनले केही खुलाएनन्। एन्फा महासचिव तुलाधरलाई प्रतिवेदन बुझाएको केही मिनेटमै बन्द प्रशिक्षणबाट निकालिएका १० खेलाडीहरु सातदोबाटोस्थित एन्फा भवन पुगेका थिए।

अफगानिस्तानसँग मैत्रीपूर्ण खेलका लागि नेपाली टिम भोलि नै उड्ने जनाइएको छ। प्रतिवेदन तत्काल सार्वजनिक गरेर दोषीलाई तत्काल कारबाही हुनुपर्ने खेलाडीहरुको भनाइ छ। २२ जनासँग एक-एक घण्टाको दरले भिडियो अन्तर्वार्ता गरेर घटनाको छानबिन गरिएको राणाको भनाइ थियो।

एन्फा महासचिव तुलाधरले छानबिन समितिले दिएको प्रतिवेदन अध्ययन गरेर आवश्यक निर्णय लिइने बताए। समितिमा पूर्वजर्नेल राणाको संयोजकत्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका दीपक थापा र पूर्वफुटबलर विदुर विष्ट सदस्य थिए। विनाकारण रोहित चन्दलाई बन्द प्रशिक्षणबाट प्रशिक्षकले हटाएको भन्दै कुरा गर्न पुगेका अन्य ९ खेलाडीलाई पनि बन्द शिविर छाड्न निर्देशन दिएपछि आफूहरू बाहिरिएको असन्तुष्ट खेलाडीहरुको दावी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma