Developed By Kuldeep Sharma

April 22, 2022

तीन वर्षपछि राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक आज बस्दै

काठमाडौं। राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक शुक्रबार बस्ने भएको छ । करिब तीन वर्षपछि बस्न लागेको बैठकमा समसामयिक खेलकुद गतिविधि सहित नवौं राष्ट्रिय खेलकुद र एसियन गेम्सका विषय मुख्य एजेन्डाका रुपमा रहने जनाइएको छ।

राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बोर्ड बैठक शुक्रबार बिहान ११ बजेका लागि आह्वान गरेका हुन्।

बैठक सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बस्ने छ। घिसिङले बोर्ड बैठकका लागि मुख्यतया दुई एजेण्डा तयार गरेका छन्। उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र १९ औं एसियन गेम्सको सहभागीतालाई मुख्य एजेण्डाको रुपमा बोर्ड बैठकमा समावेश गर्ने भएका हुन्।

सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma