Developed By Kuldeep Sharma

April 22, 2022

जिम्बाबेविरुद्ध खेल्नका लागि नेपाली टिमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आज(शुक्रबार) जिम्बाबेविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ। नेपाल र जिम्बाबेबीच हुने एकदिवसीय र टी ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको हो ।

सन्दीप लामिछानेको कप्तानी रहेको नेपाली टिममा दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, आसिफ सेख, कुशल भुर्तेल, बिनोद भण्डारी, रोहित पौडेल, अभिनाश बोहरा, बासिर अहमद, करण केसी, सोमपाल कामी, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, देव खनाल, पवन सरार्फ, लोकेश बम, विवेक यादव, सुनिल धमला, बिक्रम सोब, साहब आलम र सागर ढकाल रहेका छन्।

क्यानले खेलको दिन सुरुवाती ११ छनोट गरिने बताएको छ।

नेपाल र जिम्बावे ए बीचको खेल तालिका

एकदिवसिय खेल

वैशाख १७ गते पहिलो एकदिवसिय खेल

वैशाख १९ गते दोस्रो एकदिवसिय खेल

वैशाख २१ गते तेस्रो एकदिवसिय खेल

टि ट्वान्टी खेल 

वैशाख २३ गते पहिलो टि ट्वान्टी खेल

वैशाख २४ गते दोस्रो टि ट्वान्टी खेल

वैशाख २६ गते तेस्रो टि ट्वान्टी खेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma