काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका छन्। हेटौंडा उपमहानगरपालिकाको मेयर पद आफूले नपाएपछि उनले पार्टी परित्याग गरेका हुन्।
पोखरेले हेटौंडामा आज पत्रकार सम्मेलन गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन्। उनले स्वतन्त्र बस्ने घोषणा पनि गरेका छन्। उनले नेकपा एमालेबाट विद्रोह गरेर आएको ८ महिना पछि पार्टी परित्याग गरेका हुन्।
एकीकृत समाजवादी पार्टी पनि एमाले जस्तै विधि र पद्धतिअनुसार नचलेको उनको आरोफ छ। पार्टीका नेताहरूले आफूलाई जानकारी नै नदिएर हेटौंडाको मेयरमा एकीकृत समाजवादीकी मिनाकुमारी लामालाई उठाएको उनले आरोप लगाए। पोखरेल हेटौंडाको मेयरमा दावी गर्दै आएका थिए। उनीसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले पनि पार्टी परित्यागको घोषणा गरेका छन्।
प्रतिक्रिया