काठमाडौं। भरतपुरमा बागी उम्मेदवारी दिएका कांग्रेसका नेतालाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण सभापति शेरबहादुर देउवाका दुत बनेर चितवन पुगेका छन्। चितवन पुगेर पत्रकारसँग कुरा गर्दै उनले पार्टी भित्र देखिएको असन्तुष्टिलाई मिलाउन चितवन आएको बताए।
गठबन्धनको दलबाट बागी उम्मेदवारी दिएका कांग्रेसका नेतालाई सम्झाउन उनी त्यहाँ पुगेका हुन्। आजै सत्ता गठबन्धनको बैठक बसेर आफ्ना दलबाट बागी उठेका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन लगाउने निर्णय भएको थियो। सत्ता गठबन्धनको भागबण्डामा भरतपुरको मेयर माओवादी केन्द्रले पाएको थियो।
माओवादीको तर्फबाट रेणु दाहालले उम्मेदवारी दिइसकेकी छिन्। तर गठबन्धनकै दल कांग्रेसबाट नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गराएका थिए। ०७४ को स्थानीय निर्वाचनमा पनि भरतपुरको मेयर माओवादीलाई दिएपछि कांग्रेस नेता कार्यकर्ताहरू रुष्ट बनेका छन्।
प्रतिक्रिया