Developed By Kuldeep Sharma

September 12, 2022

नुवाकोट-१ बाट स्वतन्त्र उम्मेदवार सफलता बोगटीको उम्मेदवारी घोषणा

काठमाडौं। स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानबाट नुवाकोट १ बाट प्रतिनिधि सभा सदस्य पदमा सफलता बोगटीले उम्मेद्वारी घोषणा गरेकी छिन्।

समाजिक सञ्जालमार्फत उम्मेद्वारी घोषणा गरेकी बोगटीले आफूलाई जिताउन अपिलसमेत गरेकी छिन्।

लिखु गाउँपालिका-६ भट्टथोक घर भएकी बोगटीले आफूले २ वर्षदेखि नेपालको संसद, सरकार, स्थानीय तहहरू, सरकारका नीति र कार्यक्रमहरू, बजेट वियोजन प्रकृया आदिका बारेमा विशेष अध्ययन अनुसन्धान गरेर मात्र नुवाकोट बनाउन सकिन्छ भन्ने सैद्धान्तिक र व्यावहारीक निष्कर्षमा पुगेको जनाएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma