Developed By Kuldeep Sharma

December 24, 2022

नेकपा एमालेका सम्पूर्ण जिम्मेवारी छाडेको विदुर विक्रम खड्काको घोषणा

काठमाडौं।  नेकपा एमालेका काठमाडौं जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ का संयोजक विदुर विक्रम खड्काले पार्टीका सम्पूर्ण जिम्मेवारीहरु छाडेको घोषणा गरेका छन्।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठकमा बोल्दै संयोजक खड्काले काठमाडौं क्षेत्र नं ४ मा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिदै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग रहने घोषणा गरेका थिए।

काठमाडौं क्षेत्र नं ४ को संघ र प्रदेस ९२ ० मा आएको मत अन्तर र परिणामलाई गम्भीरता पुर्वक समिक्षा हुनुपर्ने धारणा राख्दै खड्काले चार दशक देखि नेकपा एमालेको संगठन निर्माण र पार्टी परिचालनमा आफुले दिएको योगदानको समेत स्मरण गरेका थिए।

उनले आफुले सधै पार्टीलाई आफ्नो व्यक्तिगत जीवन भन्दा माथि राखेर काम गरेको र आगामी दिनमा पनि आवस्यकता परेमा थप सक्रिय भएर जिम्मेवारी निर्वाह गर्ने बताउदै खड्काले अहिले भने कुनै पनि जिम्मेवारी बहन नगरी सामान्य सदस्यका रुपमा क्रियाशील रहने धारणा राखेका छन्।

काठमाण्डौ जिल्ला कमिटीको बैठकमा जिम्मेवारी छाडेको घोषणा गरेपनि खड्काले औपचारिक रुपमा राजिनामा भने दिएका छैनन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma