Developed By Kuldeep Sharma

January 4, 2023

प्रधानमन्त्री प्रचण्डले गरे सिंहदरबारस्थित निर्माणाधीन संरचना अवलोकन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ भवनको अवलोकन गरेका छन्।

प्रधानमन्त्रीले विभिन्न संरचना अवलोकन गर्ने क्रममा भवनमा रहेको स्टुडियो, एक्सन रुम, निर्माणाधीन हल साथै अन्य कार्यकक्षको निक्षण तथा अवलोकन गरेका हुन्। सिंहदरबारमा निर्माणाधीन संसद भवन, पुरानो संसद भवन र मन्त्रालयका अन्य निर्माणाधीन संरचनाका बारेमा प्रधानमन्त्रीलाई मुख्य सचिव शंकरदास बैरागीले जानकारी दिएको बताएका छन्।

प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसंगै सिंहदरबास्थित अन्य भवन तथा संरचनाहरुको पनि अवलोकन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma