काठमाडौं। बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमाथि बिहिबार सुनुवाइ हुँदैछ।
जिल्ला अदालत काठमाडौंको आदेशअनुसार कात्तिक १८ गते कारगार चलान भएका उनलाई सोहि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। अदालतले दिएको उक्त आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका हुन्। सोही पुनरावेदनमाथि आज सुनुवाई हुन लागेको हो।
उच्च अदालत पाटनका न्यायाधीशद्वय नरिश्वर भण्डारी र राज्यलक्ष्मी बज्राचार्यको इजलासमा सुनुवाइ तोकिएको छ। यसअघि दुईपटक सम्म पेसी तोकिए पनि विभिन्न कारणबस सुनुवाइ हुन नसकेको सन्दीपको मुद्दा आज चौथो नम्बरमा रहेको छ।
बुधबार क्रिकेटरहरुले सन्दीपको न्यायका लागि चर्को आवाज उठाएका थिए। असोज २० गते पक्राउ परेका सन्दीप अहिले केन्द्रीय कारागारमा छन्।
प्रतिक्रिया