Developed By Kuldeep Sharma

January 12, 2023

टोखामा चाकु बनाउने चटारो (तस्वीरहरु)

काठमाडौं। एक समय चाकुले ख्याति पाएको टोखाले आज सम्म पनि चाकु उत्पादन बाट हात झिकेको छैन्।धार्मिक संस्कृतिक, सामाजिक र भौगोलिक हरेक कुरामा मा सम्बृद छ यो सहर। यःमरी चाकु, माघी चाकु पर्वहरु हरेक बर्ष भब्य रुपमा मनाउने गरिन्छ।

 


नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो। टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध ठाउँ हो।माघे संक्रान्ति नजिकिएसंगै टोखाका चाकु व्यापारीलाई चाकु बनाउन भ्याईनभ्याई छ।संक्रान्तिलाई नेवारीमा ‘घ्यःचाकु संल्हू’ भनिन्छ। प्रत्यक वर्ष माघ एक गते मनाइने पर्वमा घिउ र चाकु दुई परिकार निकै महत्वपूर्ण छ।

टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार चाकुको लागि प्रशिद्ध शहर टोखामा करिब १४ वटा चाकु उद्योग रहेका छन्।प्रत्येक कम्पनीमा २० जनाका दरले रोजगारी समेत पाईरहेका छन्। बर्षमा एकपटक बनाइने चाकुले २ करोड ८० लाख सम्मको आर्थिक कमाई हुने गरेको श्रेष्ठले जानकारी दिए।

बिशेषगरी माघे संक्रान्तिलाई लक्षित गरि चाकु व्यवसायी एक महिनाको लागि मात्र चाकु बनाउने गर्छन् भने नेवारी संस्कार अनुसार जन्म देखि मूत्यु सम्म अनिवार्य चाकुको प्रयोग गरिने भएकाले आवश्यकताको आधारमा चाकु बनाउने गरेको श्रेष्ठले बताए।टोखा चाकुकै कारण प्रसिद्ध भएकोले प्राय मानिसहरु टोखा कै चाकु लिन आउने गरेको श्रेष्ठ बताउछन्।

प्राय भक्तपुर, ललितपुर चितवन, पोखरा ,सिन्धुली लगाएतका ठाउँहरुमा टोखामा उत्पादन भएका चाकु पुग्छन्। साथै टोखाको चाक ,जर्मनी , अमेरिका ,जापान , क्यानडा अष्ट्रेलियालगायतका देशमा समेत उत्तिकै माग छ।
टोखामा अहिले आठ प्रकारका बनाइन्छ। साधा चाकु, बाहिरी मसला चाकु , स्पेसल चाकु, कटिङ चाकु , डल्लो चाकु , झोल चाकु, सुत्केरी गुदपाक चाकु , खुवा चाकु र सेतो र कालो तिलको लड्डु बनाइन्छ।

 

चाकु बनाउन किसमिस ,दुध,खुवा , त्घु , बतिसा काजु , बदाम ,नरिवल प्रयोग गरिन्छ।चाकु बनाउन शुरुमा उखुलाई पेलेर रस निकालिन्छ र उक्त रसलाई पकाएर सख्खर बनाइन्छ।पहिला सख्खरलाई पगाल्नको लागि ठुलो भाँडामा राखेर दुई–तीन घण्टा पकाउनुपर्छ। सख्खर पुरै पग्लिएर इलास्टिक भएपछि त्यसलाई चिसो बनाउनुपर्छ।

 

५–१० मिनेट चिसो बनाएपछि त्यसलाई तन्काएर ताड्नु पर्छ जसले गर्दा चाकुको रातो रंग आउछ र खानको लागि पनि नरम र स्वादिलो हुन्छ।टोखामा पहिले पहिले उखु प्रशस्त उत्पादन हुने भएकाले टोखाको नामाकरण नै उखुवाट भएको भन्ने भनाई छ । चाकु बनाउन सखर प्रयोग हुने भएकाले चाकुको इतिहास टोखामा भेटिने गर्दछ ।

चाकु खाँदा जाडोले छुँदैन भन्ने भनाइ छ। त्यसैले जाडोमा चाकुको प्रयोग बढी हुन्छ। नेपालमा धेरै जाडो हुने माघ महिना, अझै विशेषत माघे संक्रान्तिका दिन चाकुको किनबेच धेरै हुन्छ। त्यसैले चाकु बनाउनेहरुले यही समयलाई लक्षित गरी बनाउँछन।

पुसमा अत्यन्तै जाडो हुने र यसबाट शरिरको तापक्रम पनि घट्ने हुनाले माघे संक्रान्तिमा ध्यु, चाकु , तीलको लड्डु र तरुल खाने परम्परा चल्दै आएको छ। मकर संक्रान्ति, माघी, मगर दिबस आदि नामले चिनिने माघे संक्रान्ति नेपालका विभिन्न समुदायले मनाउने प्रमुख चाड हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma