Developed By Kuldeep Sharma

May 6, 2022

प्रतिगमन गठबन्धनभन्दा बलियो छ: केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनभन्दा प्रतिगमन बलियो रहेको बताएका छन्। आज सत्तागठबन्धनले काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै केसीले नेपालमा गठबन्धनभन्दा प्रतिगमन बलियो भएको बताएका हुन्।

उनले भने, ‘गठबन्धनभन्दा प्रतिगमन बलियो छ। प्रतिगमन एक्लै छैन नेपालमा। प्रतिगमन शक्तिलाई जसरी पनि हराउनु पर्छ।’उनले चन्द्रागिरि नगरपालिकामा जनमोर्चाले उपमेयर उठाएकोले सहयोग गर्न आग्रह गर्दै महानगरलगायत अन्यत्र जनमोर्चाले इमान्दारीपूर्वक गठबन्धनलाई सहयोग गर्ने बताए।

उनले आफू पहिलोपटक चुनावी सभामा आएको भन्दै स्थानीय चुनाव वैशाख ३० मा हुने भएकोले आफूलाई खुसी लागेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma