Developed By Kuldeep Sharma

March 19, 2023

चलचित्र कलाकार संघको अध्यक्षमा निरौला निर्वाचित

काठमाडौं। नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्।

रेजिना उप्रेतीलाई २६ मतान्तरले पछि पार्दै निरौला विजयी भएका हुन्। शनिबार भएको मतदानमा ४ सय ६८ मत खसेकोमा निरौलाले २ सय ३५ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी उप्रेतीले २ सय ९ मत पाएकी हुन्।

त्यस्तै उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भएका छन्। महासचिवमा सविन श्रेष्ठ सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटवाल र सह–कोषाध्यक्षमा पबित्रा आचार्य विजयी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma