Developed By Kuldeep Sharma

June 19, 2023

तारकेश्वरले गर्‍यो योजना तर्जुमा छलफल तथा जनस्तरबाट सुझाव संकलन

काठमाडौं। तारकेश्वर नगरपालिकाले योजना तर्जुमा छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ।

सबै क्षेत्रलाइ समेट्ने गरि विभिन्न संघसंस्थाका प्रतिनिधि र आम नागरिकबाट सुझाव संकलन गरेको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि संघीय सांसद शिशिर खनालले तारकेश्वर नगरले नीति तथा कार्यक्रम निर्माणको लागि जनस्तरबाट सुझाव संकलन गर्नु धेरै राम्रो पक्ष रहेको बताएका थिए। त्यस्तै प्रदेश सभा सदस्य हरिप्रभा खड्गीले नीति तथा कार्यक्रम बनाउँदा आफ्नो घोषणा पत्र लाई ध्यान दिंदै विज्ञ टोलीले सहभागी गराउन आग्रह गरेकी छन्।

जनप्रतिनिधि र नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूले नदेखेको र नभोगेको विषयवस्तु गाउँरसहरका कुनामा बस्ने नागरिकलाई थाहा हुने भएकाले नागरिक तहबाट सुझाव संकलन गरिएको उपप्रमुख शृजना बुर्लाकोटीले बताएकी छन्।

तारकेश्वर नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता दिएको र सार्वजनिक सेवा–प्रवाहलाई नतिजामूलक, जनमैत्री तथा प्रभावकारी बनाउने बताइएको छ।

कार्यक्रम नगरप्रमुख कृष्ण हरि महर्जनको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथिमा काठमाडौं क्षेत्र न. ६ का संघीय सांसद शिशिर खनाल, विशेष अतिथिमा काठमाडौं क्षेत्र न. ७ का संघीय सांसद गणेश पराजुली र अतिथिहरुमा प्रदेश सभा सदस्य हरि प्रभा खड्गी, प्रहरी वृत बालाजुका प्रमुख मनोजित कुँवर, नेपाल बिधुत प्राधिकरण बालाजु वितरण केन्द्रका प्रमुख जय कुमार यादब, सामुदायिक बिधालयका प्रतिनिधिहरु, प्याब्सन र एन प्याब्सनका प्रतिनिधि, विषयगत शाखा प्रमुख तथा कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।

नेपाली कांग्रेस क्षेत्र न।६ ख का प्रदेश सभापति विष्णुभक्त तिमल्सिनाले तारकेश्वरभित्र शिक्षाको गुणस्तर बृद्दि भएको बताउँदै शिक्षामा बजेट घतनाउन नहुनेमा जोड दिए। जनताको दैनिकी संग जोडिने कार्यक्रमहरु नीति तथा कार्यक्रममा समावेश हुनुपर्नेमा तिमल्सिनाको जोड रहेको छ।

तारकेश्वर नगरपालिकाले आथिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम दिगो विकासको लक्ष्य संग स्थानीयकरण गरि ल्याउने उदेश्य राखेको छ। नीति तथा कार्यक्रम र बजेटले नागरिकले प्रत्यक्ष फाइदा लन सक्ने गरी तयार गर्न सके मात्रै ग्रामीण तथा सहरी क्षेत्रमा देखिएका समस्या समाधानको लागि सहज हुन भन्दै सोही अनुसारका सुझाव संकलन गरेको नगर प्रमुख महर्जनले बताए। उनले संकलन गरिएका सबै सुझावलाई छलफलमा राखेर महत्वपुर्ण र संभावना रहेका सुझावहरुलाई कार्यान्वयनमा लैजाने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma