Developed By Kuldeep Sharma

July 28, 2024

एनीले पहिरिइन् मिस भक्तपुर डिभाको ताज

भक्तपुर- मिस भक्तपुर डिभाको ताज एनी श्रेष्ठले पहिरिएकी छन्। शुक्रबार सम्पन्न प्रतिस्पर्धाको अन्तिम चरणमा ११ प्रतियोगिलाई पछि पार्दै श्रेष्ठ विजेता बनेकी हुन्।

प्रतिस्पर्धामा विजेता बनेकी श्रेष्ठले मिस भक्तपुर डिभाको ताजसँगै ५० हजार र विभिन्न पुरस्कार प्राप्त गरेकी छन्।

प्रतियोगितामा प्रत्युशा सुवेदी फस्ट रनर अप र माला रिजाल सेकेन्ड रनर अप बने। प्रतियोगतिामा सबटाइटल अवार्ड विजेतालाई पनि सम्मान गरिएको थियो।

मध्यपुर थिमिस्थित थिमि ब्याङ्कैटमा सम्पन्न प्रतियोगितामा १७ देखि २४ उमेर वर्ष उमेर समूहका युवतीले प्रतिस्पर्धा गरेका थिए। उनीहरुको शारीरिक, बौद्धिक एवं सांस्कृतिक पक्षहरूको मूल्यांकन गर्दै निर्णायक मण्डलको निर्णय अनुसार विजेता घोषित गरिएको आयोजक भर्सिनो नेपालका सजग पोखरेलले बताए।

Oplus_131072

सुमी बानियाको कोरियोग्राफी र मुस्कान श्रेष्ठको डिजाइनमा सम्पन्न प्रतियोगितामा प्रदीप बोहोरा, विधि लम्साल, निमेष कपाली निर्णायक थिए।

बिज एजुकेसन,कोस्टलाइन भिजा सर्भिस तथा वेभ हिमालयन स्पोर्टस एन्ड फिटनेस सर्भिस र समृद्धि कलेजको प्रायोजनमा भएको प्रतियोगिताको फ़ाइनलमा भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको प्रमुख अतिथि थिए। फाइनल कार्यक्रममा वरिष्ठ कलाकार निर शाह पनि उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma