Developed By Kuldeep Sharma

August 8, 2024

युसेप नेपाल र द आर्ट अफ लिभिङ्गले गर्‍यो एड्भान्स मेडिटेसन कार्यक्रम

भक्तपुर। युसेप नेपाल सानोठिमि भक्तपुरको आयोजना र द आर्ट अफ लिभिङ्गको पुर्ण सहयोगमा एड्भान्स मेडिटेसन कार्यक्रम सम्पन्न भएको छ ।

श्रावण ११ गतेदेखि १४ गतेसम्म बालसुधार गृह भक्तपुरका बालकहरुका लागि कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त आवासीय मौन शिविरमा ४८ जना सहभागी थिए।

उक्त शिविरमा प्रशिक्षक रितिका लोहिया, काब्य लम्साल लगायत दि आर्ट अफ लिभिङका अन्य प्रशिक्षकहरुले सहजिकरण गरेका थिए । मुख्य प्रशिक्षक रितिकाका अनुसार गुरु‌देव श्री श्री रविशंकर द्वारा स्थापित द आर्ट अफ लिभिङको उद्देश्य नै हिंसा मुक्त समाज, रोग मुक्त शरिर र तनाव मुक्त मन रहेको बताइन् ।

यो अभियान अहिले १ सय ८० भन्दा बढी राष्ट्रहरूमा सञ्चालन भइरहेको छ । योग, ध्यानले हरेक व्यक्तिमा सकरात्मक सोच विकास हुने र समस्याको सामना गर्न सक्ने क्षमता बढाउन सहयोग पुर्‍याउछ । यस्ता शिविरले उत्साह, उमंग, खुसीसङ्गसङ्गै आगामी दिनमा समाजिक भएर सामान्य तरिकाले जीवनलाई अगाडि बढाउन मद्दत पुग्ने प्रशिक्षकको भनाई छ ।

उक्त शिविरमा सहभागी बालकहरुले ४ दिनको यश कार्यक्रमबाट नयाँ उत्साह, उमग, आनंद प्राप्त भएको बताएका छन् । कार्यक्रममा प्रशिक्षकका माध्यमबाट धेरै कुरा सिक्न पाएको भन्दै जीवनलाई अब सकारात्मक ढंगले अगाडि बढाउने र समाजमा गएर सेवा गर्ने भाव उत्पन्न भएको समेत उनिहरुले बताए।

युसेप नेपाल सानोठिमि भक्तपुरकि उप निर्देशक शोभा भण्डारीले समापन कार्यक्रममा प्रमुख अतिथिको भुमिका निर्वाह गर्दै यस कार्यक्रमबाट बालकहरुमा आएको परिवर्तनसङ्गै ध्यान गर्ने अभ्यास निरन्तर गर्न सकेमा मात्र यसको वास्तबिक उद्देश्य पुरा हुने बताइन् । आफु र आफ्नो साथिको जीवन सुन्दर बनाउन मन छ भने निरन्तर सधानामा लाग्नु पर्ने कुरामा जोड कार्यक्रम सफल बनाउन सहयोग गर्ने दि आर्ट अफ लिभिङको टिमलाइ विशेष धन्यबाद ब्यक्त गरेकी छन् । आगामि दिनमा यस्ता कार्यक्रम अन्य स्थानका भाइ बहिनिहरुलाइ पनि दिन सके सकारात्मक परिबर्तन आउने मा आफु बिस्वस्त रहेको उनले बताइन् ।

मुलुकभर रहेको ९ वटा बालसुधार गृह मध्ये ४ वटामा विगत लामो समयदेखि युसेप नेपालले नै ब्यब्स्थापन गर्दै आइरहेको छ । भक्तपुरमा जम्म २ सय ५२ जना बालबिज्याइकर्ता छन् जसमध्ये ३९ जना बालिका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma