काठमाडौँ। काठमाडौँको नयाँबस्तीमा रमाइलो पार्क बनाउने घोषणा गरिएको छ।
पुस २० गते आनन्द टोल सुधार समाज र रमाइलो डाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले संयुक्त आयोजना गरेको विशेष भेलामा रमाइलो पार्क बनाउने घोषणा गरिएको हो।
पार्क निर्माण घोषणा कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री अमनकुमार मास्के प्रमुख अतिथि रहेका थिए। उनले आफू र मन्त्रालयबाट पार्क निर्माणमा सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका थिए।
समितिका अध्यक्ष उत्तमबहादुर अधिकारी क्षेत्रीले पार्क निर्माणको पूर्वाधार तयार पार्न मन्त्री मास्केको विशेष भूमिका रहेको चर्चा गर्दै धन्यवाद ज्ञापन गरेका थिए। यसका साथै आगामी दिनमा निर्माण कार्यलाई सफल बनाउन पनि मन्त्री मास्केको विशेष सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
घोषणा कार्यक्रममा समितिका अध्यक्ष उत्तमबहादुर अधिकारी क्षेत्रीले विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेका थिए।
कार्यक्रमा जहरसिंह बुढामगर, विदुर सापकोटा, रमेश डंगोल, वासुदेव लोहनी, अच्युत राज कुँवरलगायत अतिथिका रूपमा सहभागी थिए। राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङ र सुमनराज कार्कीलगायतले पार्क निर्माणकार्य चाँडै सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा समितिका उपाध्यक्ष भरत भट्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने समितिका सचीव सन्तुकुमार गिरीले कार्यक्रम सञ्चालन गरेका थिए।
प्रतिक्रिया