Developed By Kuldeep Sharma

May 18, 2022

बूढानीलकण्ठको मेयर र उपमेयर एमाले विजयी

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले जितेको छ। एमाले उम्मेदवार मिठाराम अधिकारी मेयरमा तथा अनिता लामा उपमेयरमा विजयी भएका छन्।

अधिकारीले १४ हजार २५० मत ल्याए। उनले नेपाली कांग्रेसका उम्मेदवार विनोद चालिसेलाई पराजित गरेका हुन्। चालिसेले ११ हजार ५१२ मत ल्याए। लामाले १४ हजार ३१४ मत ल्याइन्।

कांग्रेसकी उपमेयरका उम्मेदवार रमिला वाग्लेले ११ हजार ९७२ मत प्राप्त गरिन्। ०७४ मा पनि यहाँ एमालेले नै जितेको थियो। यहाँ दलहरूले चुनावी गठबन्धन गरेका थिएनन्। एमालेले टोखा नगरपालिकामा पनि जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma