Developed By Kuldeep Sharma

May 18, 2022

भरतपुरमा रेनुको अग्रता २ हजार नजिक

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन्। ३० हजार १५० मत गणना गर्दा रेनुले १ हजार ९९१ मतको अग्रता लिएकी हुन्। रेनुले ११ हजार ४७ मत पाएकी छन्। नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ९ हजार ५६ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ९४२ मत ल्याएका छन्। उनको उम्मेद्वारीले पनि भरतपुरमा रेनुको अग्रता बढ्न नसकेको देखिन्छ। यस्तै उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार २०४ तथा राप्रपाका हिमला गुरुङले ७ हजार ३५० मत प्राप्त गरेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma