Developed By Kuldeep Sharma

April 25, 2022

गोली र नक्कली सुन सहि २ जना पक्राउ

काठमाडौं । गोली र नक्कली सुन सहित बिभिन्न सामानहरु बरामद घटनाका फरार दुई जना अभियुक्तहरुलाई पक्राउ गरिएको छ । अनुसन्धानको विविध बिधि र प्रविधिहरु मार्फत सुक्ष्म तवरले अनुसन्धान गर्दौ जाँदा उक्त घटनामा संलग्न भई फरार रहेका प्रमिला तामाङ र विशाल गुरुङको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
प्रमिला तामाङ उपर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद ६ को हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा सम्मानीत काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
साथै बिशाल गुरुङ र प्रमिला तामाङ समेत उपर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिक्षेद २१ को देहाय २४९ को ठगी गर्न नहुने कसुरमा सम्मानित जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद अनुमतिलिई प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान कार्य भईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma