Developed By Kuldeep Sharma

April 25, 2022

रेणु र चित्रसेनले गराए भरतपुरमा उम्मेदवारी दर्ता

काठमाडौं।  भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन्। उप मेयरमा गठबन्धनकै साझा उम्मेदवारको रुपमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

अधिकारी कांग्रेसको भरतपुर महानगरपालिका कमिटीका सभापति हुन्। सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले मनोनयन दर्ता गरेका हुन्। मनोनयन दर्ता गराउन उम्मेदवारसहित नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, माओवादी केन्द्रका नेता मधु न्यौपानेसहित पुगेकी थिइन्।

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार भागवण्डाका क्रममा भरतपुरको मेयर माओवादी केन्द्रले लिने सहमति गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma